राहुल द्रबिड बन्लान् त इङ्ल्यान्डको प्रशिक्षक ?
काठमाडौँ । अहिले इङ्ल्यान्डको क्रिकेट बोर्ड टी–२० र एकदिवसीय टोलीका लागि नयाँ प्रशिक्षकको खोजीमा छ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपलगत्तै प्रशिक्षक म्याथ्यू मटले पदबाट राजीनामा दिएका थिए ।
टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डको टोली भारतसँग ६८ रनले पराजित भएको थियो । त्यसपछि प्रशिक्षक म्याथ्यूले पदबाट राजीनामा दिएका थिए । इङ्ल्यान्डको टेस्ट टोलीको प्रशिक्षकमा भने ब्रेन्डन म्याककुलम यथावत छन् । म्याथ्युले राजीनामा दिएपछि इङ्ल्यान्ड एकदिवसीय र टी–२० टोलीका लागि नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो । स्रोतका अनुसार, इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले यसका लागि भारतका पूर्वप्रशिक्षक राहुल द्रबिडलाई पनि रोजाइमा राखेको छ ।
यसका अतिरिक्त ईसीबीले अस्ट्रेलियाका रिकी पोन्टिङ र न्युजिल्यान्डका स्टिफन फ्लेमिङलाई पनि आफ्नो सूचीमा पारेको छ । तर, द्रबिडको प्रशिक्षकत्वमा भारतीय टोलीले महत्वपूर्ण सफलता हात पारेकाले ईसीबीले उनलाई पहिलो रोजाइमा पारेको छ । द्रबिडकै प्रशिक्षकत्वमा भारतले टी–२० विश्वकपको उपाधि पनि चुमेको थियो । विश्वकप जितेलगत्तै द्रबिडको कार्यकाल पनि सकिएको थियो । खासगरी छोटो ढाँचाको प्रतियोगितामा इङ्ल्यान्डले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण