अमेरिकामा मन्दीको आशंकाबिच सेयर बजार ओरालो
वाशिङ्टन डीसी । अमेरिकामा आर्थिक मन्दी आउने आशंकबिच पछिल्ला केही दिनयता अमेरिकी सेयर बजार ओरालो लाग्न थालेको छ । अघिल्लो दिनको कारोबारमा अमेरिकी सेयर परिसूचक रक्ताम्मे बनेपछि हप्ताको पहिलो दिनको कारोबारमा सोमबार विश्व सेयर बजार त्रस्त बन्यो । यसमाथि इरान र इजरायलबिच युद्ध छेडिने भयले पनि बजार प्रभावित भइरहेको विश्लेषण गरिएको छ ।
सोमबार नेपाली समयअनुसार बिहान ११ : १८ बजे जापानमा निक्केई–२२५ ११ दशमलव ३२ प्रतिशतले घटेको थियो । सिंगापुरमा स्ट्रेट टाइम्स ३ दशमलव १८ प्रतिशतले तल आएर कारोबार भइरहेको थियो । थाइल्यान्डमा सेट कम्पोजिट पनि २ दशमलव शून्य ८ प्रतिशतले घटेको थियो ।
दक्षिण कोरियामा कोस्पी ८ दशमलव ८ प्रतिशतले घट्दा ताइवानमा ताइवान वेटेडमा ८ दशमलव शून्य ५ प्रतिशतको कमी देखियो । चीनमा साङहाई कम्पोजिट शून्य दशमलव ५७ प्रतिशत तल आएको थियो भने हङकङमा हाङ्शेङ परिसूचक पनि १ दशमलव २५ प्रतिशतले घटेको थियो । भारतमा पनि निफ्टी परिसूचक २ दशमलव ३४ प्रतिशतले घट्यो ।
यो समाचार तयार पार्दाखेरि यूरोपमा सबै प्रमुख सेयर परिसूचक रातोमा थिए । बेलायतमा फुट्सी १ दशमलव ३३ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक–४० १ दशमलव ६४ प्रतिशत तल आउँदा जर्मनीमा डीएएक्स परिसूचक २ दशमलव ३९ प्रतिशत तल आएको थियो ।
अघिल्लो दिनको कारोबारमा अमेरिकामा एसएन्डपी–५०० १ दशमलव ८४ प्रतिशत घटेको थियो भने नास्डाक पनि २ दशमलव ४३ प्रतिशत तल आएर बन्द भएको थियो । सोमबार अमेरिकी सेयर बजार रातोमै रहने सेयर फ्युचर्सले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण