सीजी मोटर्सद्वारा एकै पटक २५ वटा किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हस्तान्तरण
काठमाडौँ । सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ ।
यातायात व्यवसायीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता, अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायात सँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो।
सी.जी. मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार, ‘यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सी.जी. मोटर्स परिवार अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ।’ उनका अनुसार बजारमा प्रचलित डिजेल भ्यानहरू सँग तुलना नै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्यधिक खर्चहरू पूर्ण रूपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ। प्रति किलोमिटरको अपरेटिङ कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बी.एस., ई.बी.डी., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ। ग्राहकहरूको माग अनुसार पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण