सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी
सोमबार, २१ साउन २०८१, १८ : ३४
काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।
कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबका रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।
यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण