पर्यटनमन्त्रीको एक महिने मन्त्रालयस्तरीय कार्यतालिका सार्वजनिक
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् ।
आज आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत उनले एक महिने कार्यतालिका सार्वजनिक गर्नुभएको उनको सचिवालयले जनाएको छ । उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका बनाएका छन् ।
पर्यटनमन्त्री पाण्डेले मन्त्रालयले निर्धारण गरेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताएका छन् । उनले आगामी भदौको पहिलो बुधबार अर्थात् ५ गते संस्कृति महाशाखा, भदौ १२ गते पर्यटन महाशाखा, भदौ १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिए । मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सम्बन्धमार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे ।
उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण