‘अस्ट्रेलिया–नेपाल इकोनोमिक समिट’ आयोजना हुँदै
काठमाडौँ । अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सले ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना गर्ने भएको छ । डिसेम्बर २०२४ मा आयोजना हुने सम्मेलनले नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ ।
आयोजक संस्था अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलका अनुसार नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय पहिल्याउने विषयमा सम्मेलनमा बृहत् छलफल हुनेछ । सिड्नीमा आयोजना हुने सम्मेलनमा अस्ट्रेलियन उद्योगी व्यवसायीहरूका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ ।
उनका अनुसार सम्मेलनमा अस्ट्रेलियाका अर्थमन्त्री र त्यहाँको केन्द्रीय बैंकका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर सहभागी हुनेछन् । नेपालबाट निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्न उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रूपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले बिजनेस पानालाई जानकारी दिएका छन् । सँगै, लगानी बोर्डबाट समेत प्रतिनिधित्व हुने आयोजकको भनाइ छ ।
‘समग्रमा दुई देशका उद्योगी व्यवसायीसहित दुई देशका सरकारका अधिकारीहरूसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुनेछ’ अध्यक्ष खरेलको भनाइ छ, ‘दुई देशकै उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरूबिच बृहत् छलफल हुनेछ ।’
उनका अनुसार सम्मेलनकै क्रममा आयोजकले एउटा अस्ट्रेलियाली स्टार्ट अप कम्पनीलाई सम्मान पनि गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण