काभा महिला भलिबल
श्रीलंकालाई सजिलै हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा
मङ्गलबार, २२ साउन २०८१, १६ : ३७
काठमाडौँ । भारतीय टोली काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई ३–० सेटले हरायो ।
भारतले पहिलो सेटमा श्रीलंकालाई २५–१५ अङ्कले पछि पारेको थियो । दोस्रो सेटमा पनि भारतीय टोलीले श्रीलंकालाई २५–१६ अङ्कले पछि पारेको थियो । भारतीय टोलीले तेस्रो तथा अन्तिम सेटको नतिजालाई पनि २५–२३ अङ्कले आफ्नो पक्षमा पार्यो ।
समूहगत चरणमा भारत पहिलो र श्रीलंका चौथो हुँदै सेमिफाइनलमा पुगेका थिए । भारतले अब दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल मंगलबार साँझ आयोजक राष्ट्र नेपाल र इरानबिच खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण