बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार साउन २० गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४५ अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।
समीक्षा अवधिमा सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) जम्मा ७८.४५ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपोमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण