थाई अदालतद्वारा गत वर्ष निर्वाचन जितेको पार्टी विघटन
बैंकक । थाइल्यान्डको एउटा अदालतले गएको वर्ष निर्वाचनमा अधिकांश सिट जितेको सुधारवादी पार्टी विघटन गर्न आदेश दिएको छ । सबैभन्दा धेरै सिट जितेको अनि सबैभन्दा धेरै मत पाएको भएपनि मुभ फर्वार्डलाई सरकार गठन गर्नबाट रोकिएको थियो ।
संवैधानिक अदालतको यस फैसलामा पार्टीका चमत्कारी पूर्व नेता पिता लिम्जारोएन्रातसमेत अन्य ११ शीर्ष नेतालाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । चुनावी अभियानमा सो दलले शाही परिवारको मानमर्दनसम्बन्धी कानुन परिवर्तन गर्ने वाचा गरेको थियो ।
दलको सो वाचा असंवैधानिक भएको जनवरीमै संवैधानिक अदालतले ठहर गरेको थियो । त्यतिबेला देखि नै पार्टी विघटन गराइने अनुमान बढेको थियो । प्रतिबन्धमा नपरेका पार्टीका अरु १४२ जना सांसदहरूले अब दर्ता भएका अन्य पार्टीमा आबद्ध भएर संसदमा प्रमुख प्रतिपक्षको आफ्नो भूमिकालाई जारी राख्ने आशा गरिएको छ ।
यस अघि सन् २०२० मा पनि थाइल्यान्डमा त्यतिबेलाको निर्वाचनमा राम्रो प्रदर्शन गरेको फ्युचर फर्वार्ड दललाई विघटन गरेको थियो । त्यतिबेला सो दलका सांसदहरू मूभ फर्वार्ड पार्टीमा आएका थिए । अदालतको सो निर्णयको विरुद्धमा सडकमा व्यापक विरोध प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण