काभा महिला भलिबल
काभा महिला भलिबल फाइनल : चौथो सेटमा भारत विजयी, अन्तिम सेट निर्णायक बन्ने
बुधबार, २३ साउन २०८१, १९ : १२
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा चौथो सेटको नतिजा भारतले आफ्नो पक्षमा पारेको छ । चौथो सेटमा भारतले नेपाललाई २५–२१ अंकले पछि पारेको हो ।
चौथो सेट भारतले जितेपछि फाइनल खेल २–२ को स्थितिमा पुगेको छ । अब पाँचौँ तथा अन्तिम सेट निर्णायक बन्नेछ । यसअघि पहिलो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटमा नेपाल २५–२३ अंकले विजयी भएको थियो ।
दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले घरेलु टोली नेपाललाई २५–१४ अंकले पछि पारेको थियो ।
तेस्रो सेटको नतिजालाई भने नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो । फाइनल खेल निकै रोचक मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण