सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचार हुने
काठमाडौँ । सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार भएको छलफलमा अनुसार डेंगु संक्रमणका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको हो । पछिल्लो तथ्यांक अनुसार देशभर २ हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये तनहुँमा एक ५० वर्षीया दीर्घरोगी पुरुषको मृत्यु भएको छ ।
हालको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा बिरामीहरूको संख्यामा वृद्धि नभएता पनि जोखिम कायम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतका विभाग, महाशाखा तथा केन्द्रहरू मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन भइरहेको मन्त्रालयले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण