भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जितमा कुन–कुन रेकर्ड तोडियो ?
कोलम्बो । भारतविरुद्धको तेस्रो एक दिवसीय खेलमा १ सय १० को जित हासिल गर्दै श्रीलंकाले २–० ले शृङ्खला जितेको छ । योसँगै श्रीलंकाको लामो समयदेखिको पर्खाई अन्त्य भएको छ ।
यो खेलमा थुप्रै रेकर्डहरू पनि तोडिएका छन् । त्यसमध्ये केही मुख्य तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ । १३– बुधबारको जितअघि पुरुष एक दिवसीयमा श्रीलंकाविरुद्ध भारत लगातार अपराजित रहेको शृङ्खलाको सङ्ख्या ।
श्रीलंकाले पछिल्लोपटक सन् १९९७ मा आफ्नो घरेलु मैदानमा भारतलाई हराएको थियो । त्यतिबेला टोलीले ३–० अन्तरले जित हात पारेको थियो ।
भारत अपराजित रहेको लगातार १३ वटा शृङ्खला कुनै पनि टोलीले हासिल गरेको दोस्रो लामो जितको उपलब्धि हो । यसअघि पाकिस्तानले जिम्बाब्वेविरुद्ध लगातार १४ वटा शृङ्खलामा अपराजित रहेको थियो । भारत वेस्ट इन्डिजविरुद्ध पनि १३ वटा शृङ्खलामा अपराजित रहेको थियो ।
२७ – भारतविरुद्धको शृङ्खलामा श्रीलंकाका स्पिनरले लिएको विकेटको सङ्ख्या । ४ वा सोभन्दा कम खेल भएको शृङ्खलामा कुनै पनि टोलीका स्पिनरहरूले लिएको सर्वाधिक विकेट हो । यसअघि सन् २०१० मा बंगलादेश र न्युजिल्यान्डविरुद्धको चार खेलको शृङ्खलामा बंगलादेशका स्पिनरहरूले २६ विकेट लिएका थिए । तीन खेलको शृङ्खलामा भने सन् २०११ मा पाकिस्तानका स्पिनरहरूले बंगलादेशविरुद्ध र सन् २०१६ मा हङकङका स्पिनरहरूले सन् २०१६ मा पपुवा न्युगिनीविरुद्ध २१ विकेट लिएका थिए ।
१ – डुनिथ वेलालागे पुरुष एक दिवसीयमा भारतविरुद्ध एकभन्दा बढी पटक पाँच विकेट लिने पहिलो स्पिनर बनेका छन् । यसअघि यो उपलब्धि पाँच तीव्र गतिका बलरले हात पारेका थिए –ब्रेट लि (४), अकिब जाभेद (३), मुस्तफिजुर रहमान (३), मर्भ डिलन (२) र मिचेल स्टार्क (२) ।
४३ – शृङ्खलामा स्पिनरहरूले लिएको विकेटको सङ्ख्या । यसमा श्रीलंकाका स्पिनरले २७ र भारतकाले १७ विकेट लिए । चार वा सोभन्दा कम खेलको शृङ्खलामा स्पिनरहरूले लिएको यो सबैभन्दा धेरै विकेट हो । यसअघि सन् २०१० मा बंगलादेश र जिम्बाब्वे बिच भएको चार खेलको शृङ्खलामा स्पिनरहरूले ४० विकेट लिएका थिए ।
१ – श्रीलंकाविरुद्धको एकदिवसीय शृङ्खलामा भारत सबै तीन खेलमा अलआउट भएको पहिलो अवसर हो । सन् २०१५ पछि लगातार तीन खेलमा भारत अलआउट भएको पनि पहिलोपटक हो । ८ – सन् २०२१ मा भारतसँग एकदिवसीय शृङ्खला हारेपछि श्रीलंकाले लगातार जितेको शृङ्खलाको सङ्ख्या । यो टोलीका लागि रेकर्ड हो । सन् २०२४ मा श्रीलंकाले घरेलु मैदानमा खेलेका ९ वटा एकदिवसीयमा अपराजित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण