खानेपानीको बिल ५० लाख आएपछि...
विराटनगर । धरानमा खानेपानी बोर्डले खानेपानीको महसुल वृद्धि गरेको विरोधमा १० दलले आन्दोलन चर्काइरहेका छन् । यही बेला एक ग्राहकको घरमा भने खाने पानीको बिल नै एक महिनाको ४९ लाख ९९ हजार २ सय रुपैयाँ आएको छ ।
धरान–१५ का उपभोक्ता सितादेवी डाँगीको निजी धाराको बिल झन्डै ५० लाख आएको हो । खानेपानी बोर्डले गत साउन १२ गते डाँगीको घरमा बिल पठाएको थियो । उक्त बिलमा खानेपानीको खपत युनिट ९९ हजार ९ सय ९९ सय रहेको छ । यस्तो हुनुमा मिटर उल्टो घुमेको खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले बताए । ‘यो केही होइन मिटर उल्टो घुमेको हो । हामीले यो समस्या सर्ट आउट गरिसकेका छौँ,’ पोखरेलले भने । यता, उक्त बिल भने सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा एउटै बिलबाट एडिबीको ऋण तिर्ने गरी खानेपानी बोर्डले बिल काटेको हुनसक्ने भन्दै विरोध गरिएको छ ।
उता खानेपानी महसुल वृद्धिको विरोधमा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले बिहीबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते भएको बताइएको छ ।
खानेपानीको महसुल ९ हजार ९ सय प्रतिशतसम्मले बढाएको आन्दोलनरत पक्षको दाबी छ । खानेपानी बोर्डका अध्यक्ष उपमहानगर प्रमुख हर्कराज राईको विरोधमा प्रदर्शनकारीले नाराबाजी समेत गरेका छन् । उनीहरुले महसुल वृद्धिको निर्णय खारेज गर्दै पुरानै दर कायम गर्न माग गरेका छन् ।
नगर प्रमुख राईले भने आन्दोलनकारीलाई सम्बोधन गर्दै असार २७ गते बिहान ११ बजे बैठक बोलाएका छन् । आन्दोलनकारीले भने मौखिक रूपमा नभएर लिखित रूपमा पत्र पठाए मात्रै वार्तामा बस्ने अडान राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण