११ खेलाडी सहभागी गराएको बोत्सवानालाई टेबोगोले जिताए ऐतिहासिक स्वर्ण
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा बोत्सवानाका धावक लेटसिल टेबोगोले इतिहास रचेका छन् । २१ वर्षीय लेटसिल टेबोगो ओलम्पिक खेलकुदमा आफ्नो देशका लागि स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका छन् ।
लेटसिल टेबोगोले एथलेटिक्सको पुरुष दुई सय मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दुरी १९.४६ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक कुम्ल्याएका हुन् । उक्त स्पर्धामा अमेरिकी धावक केनेथ बेडनारेकले निर्धारित दुरी १९.६२ सेकेन्डमा पार गर्दै रजत पदक हात पारे ।
अर्का अमेरिकी धावक नोआ लाइल्सले निर्धारित दुरी १९.७० सेकेन्डमा पार गर्दै कांस्य पदक हात पारेका थिए । विश्व एथलेटिक्सको इतिहासमा हालसम्म लेटसिलभन्दा छिटो चारजना धावकले मात्र दुई सय मिटर दौड पुरा गर्न सकेका छन् ।
लेटसिल टेबोगोले आफूले जितेको पदक आफ्नी आमा सेरातिवाप्रति समर्पित गरे । उनकी आमाको गत मेमा निधन भएको थियो । ‘आफ्नो देशलाई ओलम्पिकमा पहिलो स्वर्ण जिताउन पाउँदा निकै खुसी लागेको छ । म यो पदक आफ्नी आमाप्रति समर्पित गर्न चाहन्छु,’ उनले भनेका छन् ।
उनले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा पनि सुधार गरे । उनले आफ्नो यसअघिको समयभन्दा ०.०४ सेकेन्डअघि दौड पुरा गरे । ‘अब म आफ्नो ध्यान आगामी वर्ष हुने विश्व च्याम्पियनसिपमा केन्द्रित गर्नेछु,’ उनले अगाडि थपे ।
दक्षिण अफ्रिकी राष्ट्र बोत्सवानाले जारी पेरिस ओलम्पिकमा आफ्ना ११ जना खेलाडी सहभागी गराएको छ । बोत्सवानाले हालसम्म ओलम्पिक खेलकुदमा जितेको यो तेस्रोपटक हो । यसअघि बोत्सवानाले ओलम्पिकमा एक रजत र एक कांस्य पदक जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण