बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाएर चार पुर्याउँदैछ भारत
नयाँ दिल्ली । भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्याउने भएको छ । त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ । यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्याइनेछ । अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन् ।
अर्थमन्त्री निर्मला सीतारमणले बैङ्किङ कानुन संशोधन विधेयकलाई लोक सभामा पेस गरेकी थिइन् । विधेयकलाई गत शुक्रवार केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । विधेयकमा भारतीय रिजर्भ बैङ्क अधिनियम १९३४ लगायत बैंकिङसम्बन्धी कयौँ कानुन र अधिनियम संशोधन प्रस्ताव गरिएको छ । बैंकमा दाबी गर्न नआएको रकम थुप्रिन थालेपछि सरकारले बैङ्क खातामा नोमिनीको सङ्ख्या बढाउन थालेको हो ।
यही मार्च सम्ममा भारतीय बैंकमा कसैले दाबी गर्न नआएको रकम ७ खर्ब ८० अर्ब भारु पुगेको छ । यो विषयलाई लिएर लामो समयदेखि अर्थ मन्त्रालय र सरकारबिच ‘तनाव’ चलिरहेको थियो । दाबी नआएको पैसा सही हकवालालाई जाओस् भन्ने सुनिश्चित गर्न सरकारले संशोधन विधेयक ल्याएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण