अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे विदेश सचिव मिस्री
आइतबार, २७ साउन २०८१, १९ : २४

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार साँझ विदेश सचिव मिस्री अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।
भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका थिए ।
आज नै परराष्ट्र सचिव सेवा लम्सालले मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । मिस्रीले सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू