युवाहरू निराश हुनुपर्ने अवस्था छैन : मन्त्री खड्गी
ललितपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी छन् ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।
उनले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने धारणा राखिन् । ‘विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ छ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन । हामीले आफ्नो अवस्था अनुसार आफूलाई ढाल्नुपर्छ । सामुदायिक विद्यालयका शिक्षाको स्तर गुणस्तरीय बनाउन हामी लागेका छौँ, अवस्था सुदृढ हुन्छ। तसर्थ नेपालका काम गर्नका लागि अवसर छ । युवाहरू निराश हुनुपर्ने अवस्था छैन,’ उनले भनिन् ।
उनले बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिएको बताउँदै यसलाई उपयोग गर्न आग्रह गरिन् । बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै उनले १३ वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण