जीवन बीमा कम्पनीको एक वर्षको नाफा ५ अर्ब ७३ करोड, कसले कति कमाए ?
काठमाडौँ । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय रिपोर्ट अनुसार नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा यी १४ वटा जीवन बीमा कम्पनीहरूले कूल ४ अर्ब ९७ करोड ७३ लाख २८ हजार रुपैयाँ नाफा कमाएका थिए ।
तथापि, यता निर्जीवन बीमा कम्पनीहरूले यसै वर्ष साढे ६ अर्बमाथिको नाफा आर्जन गरेका छन् । तर १४ वटा जीवन बीमा कम्पनीहरूले जम्मा ५ अर्ब ७३ करोड रुपैयाँ हाराहारी मात्र नाफा कमाउनुले कमजोर पर्फमेन्सको स्पष्ट संकेत गर्छ । समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५०.५६ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
कुन बीमा कम्पनीले कति नाफा कमाए ?
सार्वजनिक वित्तीय रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाको नाफा बढ्दा तीनवटाको घट्न पुगेको छ । यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरूको नाफामा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ ।
जीवन बीमा कम्पनीहरूको नाफा/घाटा (अंक हजारमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण