श्रीमती हत्याको आरोपमा एक जना पक्राउ
दाङ । श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार कुमालविरुद्ध ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ । ईश्वरीलाई बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्री कच्चीबाटोमा मृत अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै फरार रहेका कुमालले प्रहरीले आज पक्राउ गरेको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ । दुवै जनाले मादक पदार्थ सेवन गरी फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमान्ले काठको लाठीले टाउको, अनुहार, खुट्टा र शरीरको पछाडि ढाडको भागमा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण