साफ यु–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा
काठमाडौँ । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् । शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन् ।
उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आबद्ध ६ देश सहभागी छन् । प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबिच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै उद्घाटनसहित समूह चरणको खेलहरू एन्फा कम्प्लेक्समा गर्न लागिएको छ ।
सोही क्रममा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरू, ए डिभिजन लिग खेलेका खेलाडीहरू रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए । यस्तै, उनले धेरै मेहनत गरेर टिमलाई तयार पारेको पनि बताए ।
उनले भने, ‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौँ । वर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो । हाम्रो लागि धेरै राम्रो कुरा हो । खेलाडीहरूका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ । अघिल्लो वर्षका खेलाडीहरू पनि समावेश गरिएको छ । ए डिभिजन लिग खेलेका खेलाडीहरू पनि छन् । धेरै मेहनत गरेका छौ र यसपालिको टिम राम्रो नै भएको छ जस्तो लाग्छ ।’
यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रूपमा तयार रहेको भन्दै च्याम्पियानसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण