शालाहको रेकर्डमा लिभरपुलको विजयी सुरुवात
शनिबार, ०१ भदौ २०८१, २० : १३
पोर्टम्यान रोड । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार साँझ भएको खेलमा लिभरपुलले नवप्रवेशी इपस्विच टाउनलाई २–० गोलले हरायो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा लिभरपुलले ५ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । पोर्चुगिज फरवार्ड डिओगो जोटाले मोहम्मद शालाहको पासमा ६० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
६५ औँ मिनेटमा शालाह आफै गोलकर्ता बने । सुरुवाती खेलमा उनको यो नवौँ गोल थियो । प्रिमियर लिगमा यो नयाँ रेकर्ड पनि थियो । त्यसपछि कुनै गोल हुन सकेन र खेल लिभरपुलले आफ्नो पक्षमा पार्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण