साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै
आइतबार, ०२ भदौ २०८१, ०७ : १४
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रुपैयाँ टिकट दर तोकिएको छ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन् । समूह बी मा भारत, मालदिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण