टीआरसी विधेयकप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ५ बुँदे असहमति
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति ५ बुँदे असहमति प्रकट गरेको छ ।
लामो समयदेखि विचाराधीन रहेको विधेयक संसदबाट पारित गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्त्वपूर्ण विषयमा पार्टीको विरोध तथा असहमति गरेको प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विधेयक निर्माण गर्ने प्रक्रियामा आफ्नो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ ।
‘यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रूपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उक्त प्रकारको विरोध तथा असहमतिका बिच पारित हुन भइसकेको विधेयकलाई विवेकसम्मत तथा न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् ल्याइनुपर्ने भन्दै विज्ञप्तिमा राज्यसत्ताको यो षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन समेत आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण