प्रगति विवरण
भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १६ करोड (२३ बुँदे कार्यप्रगतिसहित)
आइतबार, ०२ भदौ २०८१, १६ : ३१
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १८ करोड रुपैयाँ भएको छ ।
विभागीय मन्त्री देवेन्द्र दाहालले आइतबार आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।
आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म सो रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले जानकारी दिए ।
यस्तै आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्ड पूर्ण दिइएको उनले जानकारी दिए ।
दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण