साफ यु–२० च्याम्पियनसिप : बङ्गलादेश र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै
मङ्गलबार, ०४ भदौ २०८१, १० : ०८
काठमाडौँ । काठमाडौँमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ ।
आज हुने खेल ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
जारी च्याम्पियनसिपमा बङ्गलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलङ्काले भने दोस्रो खेल खेल्दै छ । श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । आज पराजित भएको खण्डमा श्रीलङ्का समूह चरणबाटै बाहिरिनेछ ।
श्रीलङ्का पराजित हुँदा वा बराबरीमामात्रै सीमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले समूहको दोस्रो खेल बिहीबार बङ्गलादेशसँग खेल्नेछ ।
सोमबार भएको समूह ‘बी’ को खेलमा साबिक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण