कप्तान कोकेको आत्मघाती गोलका कारण भिल्लारियलसँग अंक बाँड्न बाध्य बन्यो एट्लेटिको
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बलियो टोली एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । भिल्लारियलले घरेलु मैदानको फाइदा उठाउँदै एट्लेटिको म्याड्रिडलाई २–२ गोलको बराबरीमा रोकेको हो ।
उक्त खेलमा चारवटै गोल पहिलो हाफमा भएका थिए । खेलमा सुरुआती अग्रता भिल्लारियलले लिएको थियो । खेल सुरु भएको १८औँ मिनेटमै भिल्लारियलका लागि डच स्ट्राइकर अर्नाउट डान्जुमाले पहिलो गोल गरेका थिए ।
त्यसको दुई मिनेटपछि नै एट्लेटिको म्याड्रिडका लागि मार्कोस लोरेन्टले जवाफी गोल फर्काएका थिए । खेलको ३७औँ मिनेटमा एट्लेटिको म्याड्रिडका कप्तान कोकेबाट आत्मघाती गोल भएपछि भिल्लारियल २–१ ले अगाडि बढेको थियो ।
यसैगरी, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा एट्लेटिको म्याड्रिडका लागि अलेक्जेन्डर सर्लोथले दोस्रो गोल गरेका थिए । उक्त नतिजापछि दुबै टोलीले एक–एक अंक हात पारेका छन् । नर्वेजियन स्ट्राइकर अलेक्जेन्डर यही सिजन भिल्लारियलबाट एट्लेटिको म्याड्रिड पुगेका हुन् ।
जारी सिजनको ला लिगामा २० वटै टोलीले एक–एक खेल खेलिसकेका छन् । एक अंकसहित भिल्लारियल पाँचौँ र समान अंक बटुलेको एट्लेटिको म्याड्रिड आठौँ स्थानमा आसिन छन् । जारी सिजनको आफ्नो पहिलो खेलमा सेल्टा भिगो, बार्सिलोना, रायो भालेकानो र भालाडोलिड गरी चारवटा टोलीले मात्र जित हात पार्न सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण