रहिम स्टर्लिङप्रति बेवास्ता बढेपछि उनका प्रतिनिधि रुष्ट
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपा कन्फरेन्स लिगको प्ले–अफ चरणको पहिलो लेग खेलका लागि घोषित टोलीमा प्रभावशाली विंगर रहिम स्टर्लिङलाई स्थान दिएको छैन । प्ले–अफ चरणको पहिलो लेग खेल बिहीबार खेलिँदैछ ।
प्ले–अफ चरणमा चेल्सीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्विस क्लब सरभेटसँग भिडन्त गर्नेछ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका २९ वर्षीय स्टर्लिङ लगातार दोस्रो खेलमा टोलीमा नपरेका हुन् ।
यसअघि इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा पनि उनी टोलीमा परेका थिएनन् । युरोपा कन्फरेन्स लिगको प्ले–अफ खेलका लागि घोषित टोलीमा स्टर्लिङका अतिरिक्त डिफेन्डर बेन चिलवेल, वेस्ली फोफना र टासिन एडराबियोलाई पनि स्थान दिइएको छैन ।
स्टर्लिङको अनुपस्थितिमा प्रिमियर लिगमा चेल्सीको टोली म्यानचेस्टर सिटीसँग ०–२ गोलले पराजित भएको थियो । स्टर्लिङप्रति निरन्तर बेवास्ता बढ्दै गएपछि उनका प्रतिनिधिले खेलाडीको भविष्यको विषयमा चेल्सी स्पष्ट हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिको यस्तो धारणा सार्वजनिक भएपछि क्लब र स्टर्लिङबिच कुनै विषयलाई लिएर असहमति बढ्दै गएको अनुमान गरिएको छ । स्टर्लिङ सन् २०२२ देखि चेल्सीमा आबद्ध छन् । चेल्सीले पछिल्लो समय १८ करोड ५० लाख पाउण्ड खर्चिएर ११ जना खेलाडीलाई भित्राएको छ ।
स्टर्लिङले हालसम्म चेल्सीका लागि ८१ खेल खेलिसकेका छन् । उनी म्यानचेस्टर सिटीबाट पाँच करोड पाउण्डमा चेल्सीमा आबद्ध भएका थिए । युरोपा कन्फरेन्स लिगको प्ले–अफ चरणको दोस्रो लेग खेल भने अगस्त २९ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण