एसी मिलानका १० नम्बर जर्सीधारी खेलाडी बार्सिलोना जान आतुर
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना लामो समयदेखि इटालियन क्लब एसी मिलानका पोर्चुगिज विंगर राफेल लिओलाई क्लबमा भित्राउने प्रयासमा छ । यस विषयमा बार्सिलोनाले एसी मिलानसँग प्रस्ताव पनि गरिसकेको छ ।
तर, एसी मिलानले बार्सिलोनालाई स्पष्ट जवाफ फर्काएको छैन । २५ वर्षीय विंगर लिओ पनि बार्सिलोनामा आबद्ध हुन आतुर देखिएका छन् । उनले पनि आफ्नो धारणा क्लब ब्यवस्थापनसँग राखिसकेका छन् ।
लिओ सन् २०१९ मा एसी मिलानमा आबद्ध भएका थिए । विंगर लिओका लागि ठुलो रकमको माग गरिए पनि बार्सिलोना त्यसमा सहमत देखिएको छ । बार्सिलोनाले लिओको विकल्पका रुपमा इटालियन विंगर फडरिको चिएसालाई राखेको छ ।
२६ वर्षीय चिएसा हाल अर्को इटालियन क्लब युभेन्ट्सबाट ब्यावसायिक फुटबल खेल्छन् । ‘हाम्रो पहिलो रोजाई भनेको लिओ नै हुन् । हामी उनका लागि आवश्यक रकम खर्च गर्न तयार छौँ । उनी पनि बार्सिलोना आउन इच्छुक छन् । यो योजना सम्भव नभए हाम्रो विकल्प चिएसा हुन्,’ बार्सिलोनाका एक अधिकारीले भनेका छन् ।
चिएसा सन् २०२२ देखि युभेन्ट्सबाट खेल्दैछन् । पछिल्लो समय लिओलाई बार्सिलोना ल्याउने सम्भावना बढेको पनि ती अधिकारीले बताएका छन् । यसका लागि बार्सिलोना युरोपियन फुटबलका चर्चित प्रतिनिधिमध्येका एक जर्ज मेन्डेसलाई सक्रिय बनाएको छ ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा पनि लिओको खेलबाट निकै प्रभावित छन् । उनले सार्वजनिक रुपमै लिओको खेलको प्रसंशा गर्ने गरेका छन् । त्यसैले पनि बार्सिलोना लिओलाई भित्राउन बढी नै सक्रिय बनेको हो ।
एसी मिलानसँग लिओको सम्झौता अवधि सन् २०२८ सम्म रहेको छ । उनलाई भित्राउन बार्सिलोनाले तत्काल नौदेखि १० करोड युरो खर्चिनु पर्ने अवस्था छ । प्रारम्भमा इटालियन क्लबले लिओका लागि १७ करोड ५० लाख युरो माग गरेको थियो ।
यस विषयमा अझै पनि दुई क्लबबिच आ–आफ्ना प्रतिनिधिमार्फत छलफल जारी नै छ । १० नम्बरको जर्सी लगाएर एसी मिलानका लागि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका लिओ आफै पनि बार्सिलोना जान इच्छुक देखिएकाले सम्भवतः यो विषय छिट्टै टुङ्गो लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण