परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटघाट
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भेटघाट भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन् ।
भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबिचको सम्बन्ध लगायतका विषयमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् । आफूले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई चौथाइवालेमार्फत धन्यवाद पनि व्यक्त गरेको उनले बताइन् ।
गत वर्ष मन्त्री राणाले प्रमुख चौथाइवालेलाई राखी बाँधेकी थिइन् । प्रमुख चौथाइवालेलाई राखी बाँधेर भारतसँग सांस्कृतिक सम्बन्ध विस्तार गरेको भनि खुब चर्चा भएको थियो । यसपटक पनि राखीकै समयमा भारत भ्रमणमा जाँदा राखी बाँध्ने अनुमान गरिएको थियो । यसपटक राणाले राखे नबाँधेको त्यहाँस्थित स्रोतले जनाएको छ ।
मन्त्री राणा भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटघाट गरेकी छिन् । उनी मंगलबारदेखि स्वास्थ्य उपचारमा रहेकी छिन् ।
मन्त्री आरजु बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण