लुम्बिनीमा टीआरसी ऐन कार्यान्वयन गर्न २७ सदस्यीय समिति
बुटवल । टीआरसी ऐन कार्यान्वयनमा ल्याउन २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गीरएको छ । द्वन्द्व पीडितहरूको सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले आज लमहीमा आयोजना गरिएको भेलाले सञ्जयकुमार गुप्ताको संयोजकत्वमा समिति गठन गरेको हो ।
भेलाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक पीडितहरूको माग बमोजिम प्रतिनिधिसभाबाट पारित भएकोमा ऐतिहासिक उपलब्धि मान्दै स्वागत समेत गरेको छ । भेलाले तल्लो तहका द्वन्द्व पीडितहरूले उठाउँदै आएका पीडित केन्द्रित मुद्दा सम्बोधन गर्न समेत ध्यानाकर्षण गराएको छ ।
समितिको संयोजकमा सञ्जयकुमार गुप्ता रुपन्देही, सदस्यहरूमा लक्ष्मी खड्का बर्दिया, देविसरा खत्री, निर्मला थापा, कृष्ण बिजिरे, देविसरा खत्री, सिता डीसी पाल्पा, हेमनाथ पोखरेल, यस्तै उषा सुवेदी दाङ, प्रकाश जाधरी, देवबहादुर डिसी बाँके, रनसुर बुढा र मडी थापा रहेका छन् ।
यस्तै सदस्यहरूमा धनकुमारी थारु रुपन्देही, थम्मनबहादुर पुन र मुन्ना खाँ नवलपरासी, विशाल खड्का अर्घाखाँची, हेमन्त वेल्वासे, कविता विक ,तिलक महत, देउकला घर्ती, श्रीकुमार रोका, टिका रानामगर रहेका छन् । बाँकी सदस्य पछि मनोनीत गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण