व्यापार विवाद बढेसँगै युरोपबाट आउने दुधजन्य उत्पादनमाथि छानबिन गर्दैछ चीन
बेइजिङ । चीनले युरोपेली सङ्घ (ईयू)बाट आयात हुने दूधजन्य उत्पादनमाथि छानबिन गर्ने भएको छ । त्यहाँको दुग्ध किसानहरूले सरकारबाट अनुचित अनुदान र सहुलियत पाइरहेका छन् कि भन्नेमा यो अनुसन्धान केन्द्रित हुने बताइएको छ ।
चीन र ईयूबिच व्यापार विवाद बढिरहेको समयमा चीनले यो कदम चालेको हो । ईयूका दुग्ध उद्योगले फरक फरक खालका २० थरी सहुलियत पाइरहेको भन्दै स्थानीय दुग्धजन्य उत्पादकहरूले यो अनुसन्धानका लागि अनुनय गरेको चीनको वाणिज्य मन्त्रालयले बुधवार भनेको छ ।
उपलब्ध प्रमाणहरूको शुरुवाती चेकजाँचका क्रममा यो अनुसन्धान थाल्न पर्याप्त आधार मिलेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ । अनुसन्धान १८ महिनासम्म चल्न सक्ने बताइएको छ । ईयू विश्वको सबैभन्दा ठुलो दुग्धजन्य सामाग्री निर्यातकर्तामध्ये एक हो । चीन विश्वको दोस्रो ठुलो स्किम–मिल्क र होल–मिल्क पाउडरको आयातकर्ता हो । ईयूको बटर र चीजको सबैभन्दा ठुला दुई बजार बेलायत र अमेरिका हुन् ।
यी दुई वस्तुका लागि चीन क्रमशः तेस्रो र आठौँ ठुलो बजार हो । ईयूले चीनबाट आयातित अधिकांश विद्युतीय सवारी साधनमा अतिरिक्त महसुल लगाउने पुष्टि गरेलगत्तै चीनले यो कदमको घोषणा गरेको हो । गएको एक वर्षयता ईयू र चीनले एक अर्काका सामानमाथि अतिरिक्त महसुल लगाउने होडबाजीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण