फ्रेन्च लिगमा पीएसजीको लगातार दोस्रो जित
काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक एकगोल गरेका थिए ।
पीएसजीको घरेलु मैदानपार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए । जाओ नेभेसको पासमाबारकोलाले गोल गरेका थिए । २४ औँ मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमागोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो ।
पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरू ४ गोलथपेको थियो । ५३ औँ मिनेटमा ओस्मन डेम्बेलेको पासमाबारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३–० बनायो ।
कुनैपनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफलभएन । ५८ औँ मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमागोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जिततर्फ अग्रसर भएको हो ।
६० औँ मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमागोल गर्दा पीएसजी ५–० ले अघि बढेको थियो । ८२ औंमिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६–० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ । पीएसजीको लगातार दोस्रो जित हाे भने मोन्टपिलरको पहिलो हार हो । २ खेलबाट पीएसजीले ६ अंक बनाउँदा मोन्टपिलरको समान खेलबाट ३ अंकमात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण