टी-२० अन्तर्राष्ट्रियमा कसको नाममा कस्तो रेकर्ड ?
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी टोलीको सङ्ख्या सन् २०१८ मा १८ बाट बढेर १०४ मा पुग्यो, जब आईसीसीले आफ्ना सबै एसोसिएट सदस्यहरू बिचका खेलहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिने निर्णय गर्यो ।
यी एसोसिएट टोलीका धेरै क्रिकेटरहरूले त्यस बेलादेखि धेरै रेकर्डहरू तोड्न पुगेका छन्। यहाँ पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेका केही रेकर्ड उल्लेख भएका :
एक ओभरमा सबैभन्दा बढी रन : ३९
यो रेकर्ड केही समय अघिसम्म युवराज सिंह, किरोन पोलार्ड, दीपेन्द्र सिंह ऐरी र निकोलस पुरनको नाममा संयुक्त रूपमा थियो । अहिले यो रेकर्ड दारियस भिसेरको नामम पुगेको छ । सामोआका ब्याटरले भानुआतुका मध्यम गतिका बलर नलिन निपिकोको एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । त्यसमा थप तीनवटा नो बल भएपछि ओभरमा ३९ रन बन्यो । भिसेरले ६२ बलमा १ सय ३२ रन जोडेका थिए ।
एकै इनिङ्समा सबैभन्दा धेरै छक्का : १८
गत जुन महिनामा एस्टोनियाका ब्याटर साहिल चौहानले साइप्रसविरुद्ध ४१ बलमा नटआउट रहँदै कीर्तिमानी १ सय ४४ रन बनाउँदा १८ वटा छक्का प्रहार गरेका थिए । १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा उनले मात्र २७ बलमा टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो शतक पनि बनाएका थिए । एस्टोनियाले उक्त लक्ष्य मात्र १३ ओभरमा पछ्याएको थियो ।
उत्कृष्ट बलिङ : ८/७
मलेसियाका मध्यम गतिका बलर सयाज्रुल इद्रुसले सन् २०२३ को जुलाईमा चीनविरुद्ध ७ विकेट लिएका थिए । उनले ८ रन मात्र खर्चिँदा चीन मात्र २३ रनमा अलआउट भएको थियो । इद्रुसको रेकर्डअघि नाइजेरियाका पिटल एहोले सन् २०२१ मा सिएरा लियोनविरुद्ध ५ रन खर्चेर ६ विकेट लिएका थिए ।
सबैभन्दा चाँडो अर्धशतक : ९ बल
नेपालका दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका छन् । उनले मंगोलियाविरुद्ध मात्र ९ बलमा यो रेकर्ड बनाएका हुन् । यसअघि सन् २००७ को टी–२० विश्वकपमा युवराज सिंहले मात्र १२ बलमा इंग्ल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।
सबैभन्दा उच्च स्कोर : ३१४/३
यो कीर्तिमान हाल नेपालको नाममा रहेको छ । मंगोलियाविरुद्ध नेपाल टी–२० मा ३ सय रन पार गर्ने पहिलो टोली बनेको थियो । जवाफमा मंगोलियालाई ४१ रनमा अलआउट गर्दै टोलीले खेल २ सय ७३ रनले जितेको थियो ।
सबैभन्दा चाँडो शतक : २७ बल
नेपालका कुशल मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाउँदै रोहित शर्मा र डेभिड मिलरको सबैभन्दा चाँडो शतकको रेकर्ड तोडेका थिए । पछि नामिबियाका जान निकोल लोफ्टी इटनले एक बल कममा नेपालविरुद्ध नै सबैभन्दा चाँडो शतकको रेकर्ड बनाए । तर, साहिल चौहानले साइप्रसविरुद्ध २७ बलमा शतक बनाउँदै नयाँ कीर्तिमान बनाए ।
डेब्डूमा उच्च स्कोर : १०८
१४ वर्षसम्म यो रकेर्ड अस्ट्रेलियाका महान् ब्याटर रिकी पोन्टिङको नाममा थियो । उनले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ९८ रन बनाएका थिए । सन् २०१९ मा यो रेकर्ड चारपटक तोडियो । अन्ततः क्यानडाका म्याथ्यू स्पुर्सले फिलिपिन्सविरुद्ध १ सय ८ रन बनाएर नयाँ कीर्तिमान बनाए ।
एउटै इनङ्सिमा सबैभन्दा बढी मेडेन : ४
यही वर्ष आयोजना भएको टी–२० विश्वकपमा लोकी फर्गुसनले पपुवा न्युगिनीविरुद्ध चारवटा मेडेन ओभर फालेका थिए । तर, टी–२० अन्तर्राष्ट्रियमा यस्तो भएको यो पहिलोपटक थिएन । यसअघि क्यानडाका साद बिन जाफरले टी–२० विश्वकप अमेरिकाज रिजन क्वालिफायर खेलमा पानामाविरुद्ध ४ ओभर मेडेन फालेका थिए ।
सबैभन्दा युवा खेलाडी : १४ वर्ष १६ दिन
रोमानियाका मरियान घेरासिमले १४ वर्षको उमेरमा बुल्गेरियाविरुद्ध डेब्यू गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन् ।
उच्च करियर औसत : ६३.३५
भारतका विराट कोहली र पाकिस्तानका मोहम्मद रिजवान यो रेकर्डका लागि लामो समयदेखि आमनेसामने भइरहेका थिए । त्यसबिचमा मलावीका सामी सोहेलले यो कीर्तिमान आफ्नो नाममा राख्न सफल भएका छन् । समाचार तयार पर्दासम्म कम्तीमा १ हजार रन बनाएका खेलाडीमध्ये टी–२० अन्तर्राष्ट्रियमा उनको सबैभन्दा उच्च ६३.३५ को औसत रहेको छ ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
-
झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
-
के सुत्नु अघि नुहाउनु राम्रो हो ?