नेकपा एकीकृत समाजवादी : वरिष्ठ उपाध्यक्षमा राजेन्द्र र महिला उपाध्यक्षमा रामकुमारीको उम्मेदवारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्रप्रसाद पाण्डे र धनेन्द्र बस्नेत भिड्ने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारहरूको प्रथम सूची अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको हो ।
नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मंगलबार निर्वाचित हुँदैछ । निर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गरिएको थियो ।
त्यस्तै, उपाध्यक्ष महिलामा जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । उपाध्यक्ष मधेसी समुदायमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाले उम्मेदवारी दिएका छन् ।
४ वटा खुल्ला उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा ललितबहादुर बस्नेत क्षेत्री, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजय कुमार पौडेल, केशव लाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा रहेका छन् ।
४ वटा उपमहासचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १०५ जना पोलिटब्युरो सदस्यका लागि २ सय ४ जनाको उम्मेदवारी परेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण