सांसद खतिवडाको प्रश्न: आधारभूत अस्पताल किन बनेनन् ?
मङ्गलबार, ११ भदौ २०८१, १३ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका पालिकामा उद्घाटन गरेको आधारभूत अस्पताल किन बनेन भनी प्रश्न उठाएका छन् ।
पालिकास्तरमा ६५७ अस्पतालको शिलान्यास एकै पटक भएको भए पनि चार वर्षसम्म बन्न नसकेको उनको भनाइ थियो ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अस्पतालको शिलान्यास भएको तर भवन निर्माणदेखि इक्वुपमेन्ट र जनशक्ति नहुने कार्य किन भएको छ भनी प्रश्न गरे ।
उनले यस्ता अस्पतालहरू सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण पनि गराए । ‘ यसरी उद्घाटन भएका कहीँ पनि अस्पताल बनेको छैन ’ उनले भने, ‘कहीँ भवन बनेर मूर्ति भएका छन् भने कहीँ भवन बन्यो तर जनशक्ति र औषधी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण