प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन : भाषण होइन काम गर्नुस्
काठमाडौँ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।
समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानुन जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘कृषिमा आधारित उद्योगहरू बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु प¥यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरूलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस् अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन् । समितिहरूका कमजोरीहरू पनि छन् । विधायकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानुन हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण