बाइडेनपछि मोदीले गरे पुटिनसँग पनि फोनमा कुरा
मङ्गलबार, ११ भदौ २०८१, १७ : ३४
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ ।
यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो । हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्यौ ।’
यस क्रममा दुबैले रुस–युक्रेन संघर्षमा आ–आफ्नो धारणा राखेको र युक्रेन भ्रमणबारे आफ्नो अन्तरदृष्टिबारे चर्चा गरेको पनि उनले बताए । पुटिनसँग आफूले ेभारत यो संघर्षलाई अन्त्य गर्न छिटो, स्थायी र शान्तिपूर्ण समाधानका लागि पूरै प्रतिबद्ध रहेको पनि पोस्टमा उनले लेखेका छन् । मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण