बाइडेनपछि मोदीले गरे पुटिनसँग पनि फोनमा कुरा
मङ्गलबार, ११ भदौ २०८१, १७ : ३४
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ ।
यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो । हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्यौ ।’
यस क्रममा दुबैले रुस–युक्रेन संघर्षमा आ–आफ्नो धारणा राखेको र युक्रेन भ्रमणबारे आफ्नो अन्तरदृष्टिबारे चर्चा गरेको पनि उनले बताए । पुटिनसँग आफूले ेभारत यो संघर्षलाई अन्त्य गर्न छिटो, स्थायी र शान्तिपूर्ण समाधानका लागि पूरै प्रतिबद्ध रहेको पनि पोस्टमा उनले लेखेका छन् । मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
-
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री