समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित
काठमाडौँ । बुधबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको परामर्श बैठकका कारण सचिवालय बैठक स्थगित भएको सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यसअघि बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो । गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको श्रेष्ठले बताए । उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ ।
‘देव गुरुङजी पार्टीको परामर्श बैठकमा व्यस्त हुनुहुन्छ । भदौ १७ गते मात्र काठमाडौँ फर्किने भन्नुभएको छ । १८ र १९ गते फुर्सद भएकाले त्यतिबेला दस्ताबेजलाई टुंगो लगाउने भन्नुभएको छ’, श्रेष्ठले भने ।
गुरुङ सुदूरपश्चिम प्रदेशमा हुने बैठकमा भाग लिन बुधबार धनगढी पुगेका छन् । उनी भदौ १४ र १५ गते कर्णाली, भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा हुने परामर्श बैठक सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
यसअघि साउनको पहिलो साता बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म दस्ताबेजले अन्तिम रूप पाएको छैन ।
मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्र–गङ्गानारायण समूह) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण