सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना एसएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ ।
विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति बाहिनीमा सरुवा गरिएको छ ।
राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा नरेन्द्र सेन, नवलपरासीस्थित सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा शंकर खनाल र झापास्थित पाथिभरा जवान तालिम शिक्षालयमा राजेश उप्रेतीलाई सरुवा गरिएको छ ।
जवान तालिम शिक्षालय नौबस्तामा गंगाराम श्रेष्ठ, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा नेत्रबहादुर कार्की र नम्बर–४ बाहिनी मुख्यालयमा रमेशकुमार पाण्डेलाई सरुवा गरिएको छ ।
विकाश घिमिरेलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र जहरसिंह बुढामगरलाई कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण