पोखरा छिर्न पृथ्वी राजमार्गको विकल्प खोजी
पोखरा । अहिले चलिरहेको पृथ्वी राजमार्गमा अपरझट समस्या आए पोखरा छिर्ने वैकल्पिक मार्ग छैन । पोखरा छिर्नका लागि विजयपुरमा रहेको एउटा पुल मात्रै छ । अब यसको विकल्पका रुपमा सडकहरुको खोजी गर्न थालिएको छ । पोखरा १३ र २६ नम्बर वडा जोड्ने गरी साँघुको मुखदेखि सिलिङेसम्म सडक विस्तार गर्न लागिएको छ ।
उक्त सडकको बिहीबार शिलान्यास गरिएको हो । २०४९ सालमै निर्माण गरिएको बाटो अहिले खासै प्रयोगमा छैन । यसलाई स्तरोन्नती गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न लागिएको पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उनैले सडकको शिलान्यास गरेका हुन् ।
उक्त सडक तीन करोड १२ लाखको लागतमा निर्माण हुन लागेको हो । टेण्डर प्रक्रिया पूरा भएर ठेक्का लागिसकेको थापाले बताए । १ किलोमिटर ११० मिटर सडक नाला सहित ११ मिटर चौडा हुनेछ । आगामी साउन ९ गतेभित्र सडक निर्माण सम्पन्न हुने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
-
कर्णालीमा कर्मचारी अभावको गुनासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण