को हुन् मुख्यसचिवमा नियुक्त अर्याल
काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा गृहसचिव रहेको एकनारायण अर्यालको नाम नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।
२०४६ माघ ४ गते निजामती सेवामा नासूको रुपमा प्रवेश गरेका अर्याल ३५ वर्षपछि त्यसैको उच्च पद मुख्य सचिव नियुक्त भएका छन् । उनी २०५१ फागुन ४ गते शाखा अधिकृत भएका थिए भने २०५८ माघ ६ गते उपसचिवमा वढुवा भएका थिए ।
त्यसको ९ वर्षपछि २०६७ फागुन १९ गते सहसचिव भएका थिए । सहसचिव भएको ९ वर्षपछि २०७६ फागुन १८ गते उनी सचिवमा बढुवा भए ।
सचिव भएको पाँच वर्षमा उनी मुख्यसचिव भएका छन् । उनले केही समय निजामती किताब खानामा पनि बसेर काम गरे । उनले त्यहाँ रहँदा सबै कर्मचारीको वैयक्तिक विवरण र कर्मचारीको सम्पत्ति विवरणको विद्युतीय अभिलेख राख्ने प्रणालीको विकास गरेका थिए । उनले काठमाडौँ, तनहुँ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरे ।
उनी मकवानपुरको प्रमुख जिल्ला अधिकारी हुदाँ उत्कृष्ट प्रजिअ भएका थिए। उनी २०७२ सालको भूकम्पको समयमा गोरखाको प्रमुख जिल्ला अधिकारी थिए ।
उक्त समयमा गरेको कामका आधारमा अर्यालले उत्कृष्ट हुँदै निजामती सेवा पुरस्कार प्राप्त गरेका थिए । उनी सहसचिवको रुपमा गृह मन्त्रालयमा बस्दा गृहप्रशासन सुधारमा केही काम गरेका थिए ।
त्यही कारण उनलाई सचिव भएपछि गृहकै जिम्मेवारी दिइएको थियो । उनले केही समय भारतमा महाबाणिज्यदूतको रुपमा समेत काम गरेका थिए । त्यहाँ रहँदा उनले कार्गोको विद्युत्तीय ट्राकिङ पद्धतीको विकास गरेका थिए ।
उनले काठमाडौँ महानगरपालिको प्रमुख प्रशासकीय अधिकृत भएर पनि काम गरे । उनले यसअघि सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पनि काम गरेका थिए ।
उनीसँग श्रम तथा रोजगार मन्त्रालय,प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको सचिवको रुपमा काम गरेको अनुभव रहेको छ। उनी २०८० फागुन ३० गते गृहसचिवको रुपमा सरुवा भएका थिए । अर्याल गृहमा १७१ दिन रहँदा मुख्य सचिव नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण