चीनतर्फ दुईवटा र भारततर्फ एउटा अध्यागमन कार्यालय स्थापना गरिँदै
शुक्रबार, १४ भदौ २०८१, १५ : ०१

काठमाडौँ । गृह मन्त्रालयले नेपालबाट चीन तर्फको सिमानामा दुई वटा र भारततर्फ एउटा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए ।
मानसरोवर र कैलाश जाने यात्रुलाई लक्षित गरेर उत्तरतर्फ र दक्षिणतर्फ बेलहियामा वर्तमान मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा कार्यालय स्थापना गर्ने मन्त्री लेखकले बताए । उनले भने, ‘१ सय दिनभित्र टिंकर, कोरला र बेलहियामा कार्यालय स्थापना गर्ने भनेर स्थान पहिचान गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
-
सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य
-
प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर
-
इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो
-
बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक