क्यान्सर रोगसँग लडिरहेका कविलाई सहयोग गर्न पुस्तक बिक्री अभियान
रुपन्देही । “उज्यालो लालटिन प्रतिष्ठान” रुपन्देहीले प्राणघातक रोग क्यान्सरविरुद्ध लडिरहेका कवि नवराज न्यौपानेलाई पुस्तक बिक्री अभियानमार्फत सहयोग गर्ने भएको छ । सो संस्थाले हरितालिका तिजको दर खाने कार्यक्रममा पुस्तक स्टल राखी त्यसबाट उठेको पैसा कवि न्यौपानेलाई सहयोग गर्ने भएको हो ।
सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित उक्त प्रतिष्ठानले कवि न्यौपानेको सहयोगार्थ देवदह नगरपालिका र स्थानीय सहकारीले आयोजना गर्ने तिजको दरखाने कार्यक्रममा “सपनाका लहरहरू” कृतिको पुस्तक स्टल सञ्चालन गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिएकी हुन् ।
पुस्तक स्टल तिजको दर खान आउने महिलाहरूलाई लक्षित गर्दै राख्न लागिएको उनले जानकारी दिइन् । सो पुस्तक कवि न्यौपानेले नै लेखेका हुन् । काभ्रे निवासी कवि न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका छन् ।
क्यान्सरसँग लडिरहँदा अस्पतालको शय्याबाटै उनले “सपनाका लहरहरू–२” लेखेका थिए । पुस्तक प्रकाशित भएको थाहा पाएपछि उपचाररत न्यौपानेलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले बिक्री अभियान सञ्चालन गरिएको हो ।
देवदह नगरपालिका र सहकारीले शनिवार र आइतबार हरितालिका तिजको दर खाने कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । उक्त कार्यक्रम आउने आमा दिदि बहिनीहरुलाई कवि न्यौपानेको उपचारार्थ पुस्तक खरिद गरी सहयोग गरिदिन समेत प्रतिष्ठानले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण