तीन देशका लागि महावाणिज्यदूत नियुक्त
आइतबार, १६ भदौ २०८१, १७ : २१
काठमाडौँ । सरकारले तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन् । खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण