रोकियो चेल्सी, हार्यो टोटनह्याम
लण्डन । चेल्सी आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सीले क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
खेलमा अग्रता भने चेल्सीले लिएको थियो । कोल पाल्मरको पासमा निकोलस ज्याक्सनले खेलको २५ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको सुरुवातमा नै एबेरेची इजेले उत्कृष्ट गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काए । त्यसपछि भने कुनै गोल हुन सकेन ।
३ खेलबाट ४ अङ्क बटुल्दै चेल्सी लिगको ११ औँ स्थानमा सीमित रहेको छ । प्यालेस भने लिगको नयाँ सिजनमा पहिलो पटक अङ्क बटुल्न सफल भएको हो ।
उता, आइतबार नै भएको खेलमा न्युक्यासल युनाइटेडले टोटनह्याम हटस्पर्सलाई हराउँदै आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
पहिलो हाफमा हार्भे बार्नसले न्युकासललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५६ औँ मिनेटमा डान बर्नले आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा फर्किएको थियो ।
७८ औँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई तीन अङ्क दिलाए । जितपछि न्युक्यासल ७ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । स्पर्स भने ४ अङ्कसहित १० औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण