‘मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने’
सिरहा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताएका हुन् ।
आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरे ।
“यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?”, उनले भने । उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिए ।
त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ । मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे । उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गरे । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए ।
मन्त्री चौधरीले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताए । यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी दिए ।
नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण