महिला भलिबल फ्रेन्चाइज लिगको मुख्य प्रायोजकमा वात्सल्य
मङ्गलबार, १८ भदौ २०८१, १६ : ४८
काठमाडौं । फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) को पहिलो संस्करणलाई मुख्य प्रायोजकमा वात्सल्य नेचुरल आइभिएफ रहने भएको छ ।
पहिलो संस्करणका लागि वात्सल्यका प्रबन्धनिर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका सिइओ स्नेभी चापागाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगिताका लागि मधेश युनाइटेड युनाइटेड, काठमाडौं, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सहभागी टिमले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् ।
प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन जनाका दरले विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण