फुटबल खेलाडीलाई टिकट बिक्रीको रकमसमेत थपेर नगद पुरस्कार
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै घरेलु मैदानमा सम्पन्न साफ यू–२० च्याम्पियनसिप फुटबलमा उप–विजेता बनेको नेपाली टोलीका खेलाडीलाई टिकट बिक्रीबाट प्राप्त रकमसमेत थपेर पुरस्कार प्रदान गर्ने भएको छ ।
एन्फाको हालै सम्पन्न बोर्ड बैठकले उप–विजेता बन्न सफल टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको थियो । त्यो रकममा टिकट बिक्रीबाट संकलन भएको कुल रकमको २० प्रतिशत पनि थप गरेर खेलाडीलाई पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।
टिकट बिक्रीबाट प्राप्त रकमको २० प्रतिशत रकम जोड्दा उप–विजेता बन्ने टोलीका प्रत्येक खेलाडीले ६५ हजार ४० रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । अगस्त १८ देखि २८ तारिखसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाली टोली बंगलादेशसँग पराजित भएको थियो ।
यसैगरी, उक्त प्रतियोगितामा नेपाली टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा रहेका उर्जन श्रेष्ठलाई पनि ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । सहायक प्रशिक्षकको भूमिकामा रहेका सशेन्द्र धिमाल र राजुसिंह महर्जनले पनि जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
टोलीका व्यवस्थापक रविन खड्का र फिजियोथेरापिष्ट अनिष बुढाथोकीले पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उप–विजेता बनेको नेपाली टोलीका सदस्यलाई प्रदान गरिने कुल पुरस्कार राशि १६ लाख ४५ हजार नौ सय २० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण