कात्तिक ३० देखि फिल्म ‘केटी हराएको सूचना’ प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन मिति घोषणा गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच निर्माता कम्पनी ट्राइ–सिटी पिक्चर्सले टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्म कात्तिक ३० गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
सृष्टि श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । ‘उजेली : ए चाइल्ड ब्राइड इन नेपाल’ र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनको यो निर्देशनमा कमब्याक हो । गौचनले फिल्म नकिम उद्दिनसँग मिलेर निर्माण गरेका हुन् ।
फिल्म पहाडी समुदायको युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलापको कथामा छ । फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेशी मेलमिलापको खोजी गर्ने बताइन्छ । निर्देशक गौचन फिल्मले पारम्परिक र जातीय सीमाना पार गर्ने र विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्ने बताउँछन् ।
फिल्ममा सीताको भूमिकामा सृष्टि श्रेष्ठले अभिनय गरेकी छन् भने रामको भूमिकामा नाजिर हुसेन छन् । विलासको भूमिकामा सञ्जय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा छन् । जनकपुरबाट थप स्थानीय कलाकारले विभिन्न भूमिका गरेका छन् । कार्यकारी निर्मातामा उद्दिन,छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी र संगीतमा क्रिस मसन्ड छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण