राष्ट्रिय भेलाको तयारीमा रहेको रास्वपाकाे प्रदेश भेला जारी
काठमाडौँ । राष्ट्रिय भेलाको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय भेला जारी राखेको छ । पार्टीले हालसम्म कर्णाली‚कोशी र बाग्मती प्रदेशको भेला सम्पन्न गरेको छ । भोलि मधेस प्रदेशमा भेलाको आयोजना हुँदैछ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार सातै प्रदेशमा भेला सम्पन्न गर्ने तयारीमा रास्वपा छ । भेलाले प्रदेशमा भएका समस्याहरू समाधान गर्ने‚ राष्ट्रिय भेलामा प्रदेशबाट आउनेहरूलाई भेलाको बारेमा जानकारी गराउने तथा प्रक्रिया बुझाउने लगायत उद्देश्य राखेको छ ।
‘मूलतः हाम्रो राष्ट्रिय भेला नै प्राथमिकतामा राखेर प्रदेश भेलाहरू गरिरहेका हौँ‚’ झाले भने‚ ‘राजनीतिक माहोल बनाउने तथा प्रदेशहरूको इश्युजहरू समाधान गर्ने हाम्रो लक्ष्य हो ।’
भेलाकै दौरान कर्णाली प्रदेश कमिटी गठन गरिएको भन्दै उनले थपे‚ ‘कर्णालीमा प्रदेश कार्यसमिति नै अनुशासन कारबाही गरेका थियौँ । अहिले हामीले नयाँ गठन गरेका छौँ ।’
प्रदेशगत भेलाहरूमा पार्टी सभापति रवि लामिछानेसहित‚ उपसभापति तथा सम्भव भएका पदाधिकारी र सम्बन्धित प्रदेशका सांसदहरू उपस्थित हुने झाले जानकारी दिए । रास्वपाले २०८१ असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
-
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण